थप कडाइका साथ काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याइयो, खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने
नेपालखोज
२०७८ जेठ ११ गते १७:१२

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने गरी निर्णय गरेको छ ।
शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिइका छन् । हाल बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ ।
उनकाअनुसार अब तरकारी पसल पनि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बढ्दो भीडभाडले कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि यस्तो निर्णय गर्नु परेको प्रजिअ भट्टराईले बताए । बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको छ । नयाँ निर्णय जेठ १४ गतेदेखि कार्यान्वयनमा आउनेछ ।
सम्बन्धित

प्रतिक्रिया