चौबीस घण्टामा ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ४०४ जना डिस्चार्ज

काठमाडौं । नेपालमामा पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा जम्मा ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा ६ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।
त्यस्तै, चौबीस घण्टामा १ सय ६९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ६ हजार ७ सय पुगेको छ । हालसम्म २९ लाख ५८ हजार बढीको कोरोना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया