संसद् विघटनको विरोधमा नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
नेपालखोज
२०७८ जेठ ११ गते २०:१६

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेससम्वद्ध नेपाल विद्यार्थी संघले आज राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो ।
यसअघि हिजो पनि नेविसंघसले बानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो । त्यसक्रममा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ परेको थियो ।
सम्बन्धित

प्रतिक्रिया