बुधबार, असार ११, २०८२

युरोपियन युनियनले लगायो बेलारुसमाथि प्रतिबन्ध

नेपालखोज २०७८ जेठ ११ गते २०:२३

बेलारुस । सञ्चारकर्मीलाई पक्राउ गरेसँगै युरोपियन युनियनले बेलारुसमाथि प्रतिबन्ध लगाएको छ । आफ्ना विरोधी पत्रकारलाई नियन्त्रणका लागि प्रयोग भएको विमान र विमानस्थलमाथि युरोपियन युनियनमा आवद्द २७ देशमा उडान प्रतिबन्ध लगाइएको समाचार संस्था अलजजिराले उल्लेख छ ।

ग्रीसबाट लिथुआनियातर्फ यात्रा गरिरहेको र्‍यानएयरको विमान आइतबार कयौं घण्टा बेलारुसतर्फ मोडिएको थियो ।

विमानमा सवार पत्रकारलाई पक्राउ गर्न विमान बेलारुसतर्फ मोडेर विमानमा सवार आफ्ना नागरिकको जीवनमा खेलवाड गर्न खोजेको भन्दै अमेरिका र युरोपियन युनियनले कडा विरोध जनाएका थिए । युनियनले विमान प्रकरणसँगै बेलारुसमाथि राज्य आतंकको आरोप लगाएका छन् ।

प्रतिक्रिया