यास नामक चक्रवातको आंशिक प्रभाव, आजदेखि शनिबारसम्म वर्षा/हिमातकाे सम्भावना

नेपालखोज २०७८ जेठ १२ गते ११:४४

काठमाडाैं ।  हाल नेपालमा बंगालको खादीमा रहेको यास नामक चक्रवातको आंशिक प्रभाव रहेको छ । बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिरहेकाे छ । चक्रावतको प्रभावले नेपालमा मंगलबारदेखि नै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत जाएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको महाशाखाले जनाएको छ ।

आजदेखि शनिबारसम्म वर्षा/हिमपात अझ बढ्दै जाने महाशाखाले जनाएको छ । यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान मौसमविद्ले आह्वान गरेका छन् ।

पूर्वी नेपालबाट सुरू भएको चक्रावतको असर क्रमश: पश्चिमतर्फ सर्ने क्रम जारी छ । मौसमविद् प्रतीभा मानन्धरका अनुसार आजबाट हावाहुरीसहित ठूलो वर्षाको सम्भावना छ । आइतबादेखि मात्रै चक्रावतको असर कम हुने उनले जानकारी दिइन् ।

प्रतिक्रिया