सभापति देउवा निवासमा पदाधिकारी बैठक जारी

नेपालखोज २०७८ जेठ १२ गते ११:५१

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्दै छ ।

पूर्वपदाधिकारीसहित बसिरहेको बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भइरहेको जनाइएकाे छ ।

गठबन्धनमा रहेका पाँच दलको १४६ सांसदको समर्थनमा देउवाले आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया