बुधबार, असार ११, २०८२

भारत भन्छ- नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला

नेपालखोज २०७८ जेठ १२ गते १३:५२

काठमाडाैं । भारतको विदेश मन्त्रालयले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको बताएको छ । बुधवार सञ्चारमाध्यमले सोधेको प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्र प्राप्त भएको र त्यो आन्तरिक मामिला भएको बताएका हुन् ।

उनले भने ‘नेपालमा विकसित घटनाक्रमलाई हामीले आन्तरिक मामिलाका रुपमा लिन्छौँ र यस विषयमा नेपालले आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट यसको समाधान गर्नुपर्छ । छिमेकी र साथी भएकाले भारतले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया