सोमबार, वैशाख १७, २०८१

एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल समर्थन फिर्ता नलिने

नेपालखोज २०७८ जेठ १२ गते १४:०९

काठमाडाैं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएकाे छ । बुधवार (आज) बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रमा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णयलाई चुनौती दिँदै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेसँगै माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारको सङ्कट टरेको छ । 

प्रतिक्रिया