भारतले भन्यो- नेपालले राजनीतिक समस्या लोकतान्त्रिक प्रक्रियाबाटै समाधान गर्नुपर्छ
नेपालखोज
२०७८ जेठ १२ गते १८:३४

काठमाडौं । नेपालमा चलिरहेको राजनीतिक द्वन्दका सम्बन्धमा भारत सरकारको महत्वपूर्ण धारणा सार्वजनिक भएको छ । भारत सरकारले नेपालको वर्तमान राजनीतिक हलचललाई उसको आन्तरिक मामिला बताउँदै यसमा भारतले कुनै दखल नदिने दाबि गरेको छ ।
भारतिय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आज नयाँदिल्लीमा भनेका छन्- प्रतिनिधि सभा भंग गरिनु र सत्तारुढ पार्टीको कलह नेपालको आन्तरिक मामिला हो र हाम्रो छिमेकी देश नेपालले यसलाई लोकतान्त्रिक प्रक्रियाबाट सुल्झाउनु पर्छ ।’
बाग्चीले भारत एक असर छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र बिकासमा गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध रहेको बताएका छन् ।

सम्बन्धित
प्रतिक्रिया