चीनले नेपाललाई तत्काल १० लाख डोज खोप सहयोग गर्ने

नेपालखोज २०७८ जेठ १२ गते १८:४१

काठमाडौं । चिनियाँ राजदूत हो यान्छीले नेपाललाई कारोनाको १० लाख डोज खोप सहयोगको गर्ने जानकारी दिएकी छिन् । आज उनले ट्विटमार्फत उक्त कुरा बताएकी हुन् ।

यता राष्ट्रपति कार्यालय स्रोतका अनुसार कोरोना भाइरसको महामारीविरुद्धको लडाइकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ सहयोगको अपेक्षासहित चिनियाँ राष्ट्रपतिसँग संवाद गरेकी छिन्।

वार्तामा मुख्यरुपमा नेपाललाई कोभिड–१९ विरुद्धको खोपको आवश्यकताका विषयमा छलफल भएको बताईएकोछ । नेपालले थप ३० लाख डोज खोप खरीद गर्ने विषयमा पनि चीनले प्रकृया अघि बढाउन सहमति जनाएको बताईन्छ । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप सहयोग गरिसकेको छ।

प्रतिक्रिया