विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध

नेपालखोज २०७८ जेठ १२ गते २०:०२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको टिम विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध लगाईएको छ ।

आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै बिराटनगरका प्रशिक्षक ‘यान ल’लाई आचारसंहिताको उल्लंघन गरेको आरोपमा प्रतिबन्ध गरिएको जनाएको छ ।

ललितपुर सिटीविरुद्धको खेलमा रेफ्रीविरुद्ध आक्रोश पोख्दै भारतीय प्रशिक्षक यान र अफिसियलले खेल अवरुद्द गरी खेलाडीलाई मैदान छाड्न लगाएका थिए ।

प्रतिबन्धसँगै उनलाई ५० हजार जरिवाना समेत गरिएको छ । यस्तै विराटनगरका फुटबल निर्देशक सोनम घले र सहायक प्रशिक्षक निशान श्रेष्ठलाई ३–३ खेल प्रतिबन्ध लगाईएको छ । यस्तै विराटनगर एफसीलाई १ लाख जरिवाना पनि गरिएको छ ।

प्रतिक्रिया