युरोपा लिग फुटबलको उपाधीका लागि म्यान्चेस्टर युनाइटेड र भिल्लारियल भिड्दै

नेपालखोज २०७८ जेठ १२ गते २२:००

काठमाडौं । युरोपा लिग फुटबलको उपाधी भिडन्त आजराति हुँदैछ । पोल्याण्डमा हुने उपाधि भिडन्तमा ईङ्गलिस क्लब म्यान्चेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल मैदान उत्रनेछन् ।

यी दुई बीचको फाइनल खेल राति पौने १ बजे शुरु हुनेछ । पछिल्लो तीन वर्षयता उपाधि बिहिन रहेको युनाईटेड आज भिल्लारियललाई हराउँदै उपाधी कब्जा गर्न चाहान्छ ।

सेमिफाइनलमा इटालीयन क्लब रोमामाथि समग्रमा ८–५ गोलको जितसहित युनाइटेडले फाइनलमा स्थान बनाएको थियो । भिल्लारियलले भने इङलिस क्लब आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया