आइतबार, जेठ ६, २०८१

प्रदेश १ सरकारले विपन्न नागरिकको उपचारका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउँदै

नेपालखोज २०७८ जेठ १३ गते २:००

काठमाडौं । प्रदेश १ सरकारले विपन्नका नागरिकको उपचारका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा बुधबार अधिकारकर्मीको सुझाव लिँदै प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले यस्तो जानकारी दिइन् ।

विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरी उपचार कोष निर्माणको अवधारणा अघि सारिएको उनले बताइन् । अभियानमा प्रदेश १ का कुनै पनि नागरिकले न्यूनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सकिने छ ।

उनकाअनुसार उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राखिनेछ । सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरी सरकारले ‘एप्स’ निर्माण गर्ने पनि छ ।

प्रतिक्रिया