बुधबार, असार ११, २०८२

भारतमा ‘यास’ चक्रवातका कारण १ करोडभन्दा धेरै मानिस प्रभावित

नेपालखोज २०७८ जेठ १३ गते ३:००

दिल्ली । भारतमा ‘यास’ नामक चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीबाट विभिन्न राज्यमा १ करोड भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

विभिन्न राज्यमा १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर अत्यधिक देखिएको छ । पश्चिम बंगालमा चक्रवातपछिको भारी वर्षा र हावाहुरीका साथै ३ दशमलव ८ म्याग्नेच्युडको भुकम्प गएको बताइएको छ ।

जसका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको छ । कतिपय जिल्लामा मानवीय क्षेतिसमेत भएको समाचारहरु सार्वजनिक भएका छन् । ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । त्यस्तै बिहार तथा झारखण्डका अधिकांश जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

प्रतिक्रिया