सर्वोच्चको साधारण इजलासमा आज १९ वटा रिटको सुनुवाइ हुने

नेपालखोज २०७८ जेठ १३ गते ८:२६

काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा दर्ता भएका १९ वटा रिटको आज साधारण इजलासमा सुनुवाई हुदैछ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज तोकिएको हो । यी ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको पेशी भोलि तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि विपक्षी दलहरुले ३० वटा रिट दर्ता गरेका हुन् ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया