कोरोनाले सेनाका सहायक रथी केसीको निधन

नेपालखोज २०७८ जेठ १३ गते १०:०१

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । सैनिक अस्पताल छाउनीमा करिब एक महिनाअघिदेखि उपचारत उनको आज बिहान निधन भएको हो ।

काठमाडौं न्यूरोडका स्थायी बासिन्दा उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । केसी कोरोनबाट ज्यान गुमाउने नेपाली सेनाका उच्च अधिकारी हुन् ।

केसीको निधनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक इमान्दार र विशिष्ठ सैनिक अधिकृत गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।
केसीका श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया