कानुन र न्याय क्षेत्रका विज्ञसँग छलफल गर्दै सभामुख सापकोटा
नेपालखोज
२०७८ जेठ १३ गते १०:०८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल गर्ने भएका छन् ।
आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
मूलतः प्रतिनिधि सभाको असंवैधानिक विघटनका विषयमा सभामुख सापकोटाले परामर्श लिन लागेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया