सुनकाे मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ १३ गते ११:२९

काठमाडाैं । नेपाली बजारमा सुन सात सय रूपैयाँले बढेकाे छ । सुनको भाउ आज तोलाको ९४ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति सुन तोलाको ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया