प्रतिनिधिसभा विघटनविरुद्धकाे रिटमाथि सुनुवाइ सुरु

नेपालखोज २०७८ जेठ १३ गते १३:१६

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि बिहीवार (आज) देखि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका एकल इजलासमा सुनुवाइ सुरु भएको  हो ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० रिट निवेदन दर्ता भएका छन् । अन्तरिम आदेशमा माग गरिएका १९ रिट निवेदनको सुनुवाइ आजदेखि हुने छ । संवैधानिक इजलासमा परेको ११ निवेदनमाथिको सुनुवाइ भने शुक्रबारदेखि प्रारम्भ हुनेछ ।  

प्रतिक्रिया