फिफा वरीयतामा नेपाल १ सय ७१औं स्थानमा यथावत

नेपालखोज २०७८ जेठ १३ गते १५:२१

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।

गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेलेको थियो । त्यसयता नेपालले अन्तराष्ट्रिय खेल खेलेको छैन् । नेपालले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ५ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८४ औं, भुटान १८७ औं, पाकिस्तान १९९ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

त्यस्तै, फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया