मंगलबार, मंसिर २३, २०८२

नेपालमा मृतकको संख्या घट्यो, थपिनेभन्दा संक्रमणमुक्त हुने बढी

नेपालखोज २०७८ जेठ १३ गते १६:३१

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार पछिल्लो २४ घण्टामा १०९ जना संक्रमितको मृत्यु भएको उल्लेख छ ।

हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । यसअघि दैनिक २ सयको हाराहारीमा मृत्यु हुने गरेको थियो । आज दोस्रो दिन पनि थपिनेभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ ।

आज २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल देशभर १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसअविधिमा कोरोनामुक्त हुनेको संख्या ७ हजार २२६ जना रहेको छ । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया