‘सरकारकै अकर्मण्यता र उदासीनताका कारण कोरोना संक्रमण बढ्यो’

काठमाडौं । नेपाली कांग्रेसले सरकारकै अकर्मण्यता र उदासीनताका कारण नेपालमा कोरोना सङ्क्रमण बढेको र सङ्क्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको आरोप लगाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको आरोप लगाएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताएका हुन् ।
सरकारले संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णय लिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले सरकारी संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिँदै सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकाले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया