कोरोना कहर : गंगाको बगरमा गाडिएका शवहरुलाई परम्परा भन्नु कत्तिको सही ?

दिल्ली । भारतको प्रयागराजमा गंगाको बगर छेउको बालुवामा गाडिएका सयौं शवको तस्बिर र भिडियो जब विश्वमै चर्चाको विषय बनिसकेको थियो भने यस विषयमा विभिन्न प्रश्नहरु उठिरहेका थिए । तर पछिल्लो हप्ता त्यहाँका राज्य सरकारका मन्त्री महेन्द्र सिंहले भने यसलाई ‘प्रयागराजको पुरानो परम्परा’ रहेको बताएका थिए ।
प्रयागराजका श्रृंगवेरपुर धाम नजिकै गंगाको बगरदेखि करिब दुई किलोमीटरको दूरीमा एक महिनाको अवधिमा यति शव गाडिएका थिए कि, उक्त शवहरुको लगत गर्नसमेत गाह्रो भएको थियो ।
ती शवहरुलाई गाड्न यति हतार गरिएको थियो कि, शवहरु बाहिर देखिरहेका थिए । त्यसमध्ये केहि शवहरुका शरीरका केही अंगहरु बाहिर निस्किएका थिए जसलाई जनावहरुले खाएका थिए भने शव वरिपरि गिद्ध र काग घुमिरहेका थिए ।
उक्त स्थिति प्रयागराजको फान्फामऊ, झुन्सी, दारागन्ज र केहि अन्य घाटमा पनि देखिएका थिए । त्यसभन्दा पहिला पनि उन्नाव, फतेहपुर, कानपुर र रायबरेलीमा पनि शव बालुवामा गाडिएको भेटिएको थियो ।
प्रतिक्रिया