कोभिडका कारण कसैको ज्यान जाने अवस्था आउन नदिन २१ राजनीतिक संगठनको माग

नेपालखोज २०७८ जेठ १३ गते २०:२०

काठमाडौं । विभिन्न २१ राजनीतिक संगठनले कार्यगत एकताका लागि भन्दै आज ६ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । ओली सरकारको समयमा भयानक रुप लिएको राजनीतिक संकटबाट मुक्ति पाउन चुनौतिपुर्ण रहेको विज्ञप्तीमा भनिएको छ ।

कोभिड महामारीमा उपचार नपाएर कसैको ज्यान जाने अवस्था आउन नहुने, बेरोजगारलाई रोगारीको व्यवस्था नहुँदासम्म बेरोजगारी भत्ता दिनुपर्ने लगाएतका माग राजनीतिक संगठनले राखेको छ ।

“सत्तामा बसिरहनका निम्ति मधेशको कुनै पार्टीका नेताहरुसँग लेनदेनको विषयका रुपमा नागरिकता विद्येयक ल्याएका छन् । यसलाई स्वीकार गर्न सकिँदैन, यो खोरेज हुनुपर्दछ” – विज्ञप्तीमा भनिएको छ । सीपी गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा विप्लव नेतृत्वको नेकपाका धेरै जना नेता तथा कार्यकर्तालाई तुरुन्तै रिहाईको समेत माग गरेको छ ।

प्रतिक्रिया