कोरोना महामारी नियन्त्रणमा जुट्न कर्णाली प्रदेश खेलकुदमन्त्री नेपालीको निर्देशन
नेपालखोज
२०७८ जेठ १३ गते २०:३९

कर्णाली । कोरोना महामारी नियन्त्रण तथा विपद् न्यूनीकरणमा जुट्न कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले निर्देशन दिएकी छन् ।
उनले कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरूलाई यस्तो निर्देशन दिएकी हुन् । आज दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सँगको भर्चुअल बैठकलाई सम्बोधन गदैँ मन्त्री नेपालीले निर्देशन दिएकी छन् ।
प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रर्णाली लागू गर्न लागेको जानकारी दिँदै उनले त्यसको प्रभावकारी व्यवस्थापनमा सिडियो हरुको सहयोग महत्वपूर्ण हुने बताइन् ।
सम्बन्धित

प्रतिक्रिया