निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७२३ सवारी साधन प्रहरी नियन्त्रणमा

नेपालखोज २०७८ जेठ १४ गते १:००

काठमाडौं । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ७२३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ४५५ गाडी र एक हजार २६८ मोटरसाइकल छन् ।

सो क्रममा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६१५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने १८२ लाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

प्रतिक्रिया