बेलायत सरकारले पठायो नेपाललाई स्वास्थ्य सामग्री

नेपालखोज २०७८ जेठ १४ गते ७:४९

काठमाडौं । बेलायतले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री पठाएको छ ।

नेपाल सरकारको अनुरोध पछि बेलायतले २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावसले जनाएको छ ।

बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ । गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया