सुनका गरगहना र मोबाइल चोर्ने युवक पक्राउ
नेपालखोज
२०७८ जेठ १४ गते ७:५७

सप्तरी । प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका एक युवकलाई पक्रेको छ ।
घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रू ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
सप्तरीको महादेवा गाउँपालिका–१ घर भएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार प्रहरीले पक्रेको हो । उनले बुधबार राति घरमा कोही नभएको मौका छोपी चोरी गरेको स्वीकारेका छन् ।
स्थानीय जण्डौलचोक बस्ने उर्मिलाकुमारी चौधरी बुधबार पुरानो घर गई बिहीबार बिहान १० बजे आफ्नो नयाँ घर आउँदा माथिल्लो तल्लाको कोठाको ताला र कोठाभित्रको दराज फुटाइएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महुलीमा खबर गरेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया