संसद् विघटनसम्बन्धी सबै रिटमाथिको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा हुने
नेपालखोज
२०७८ जेठ १४ गते ८:३३

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर सबै रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले हिजो १९ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएका थिए ।
रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरे पनि राणाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्यो । त्यस्तै रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरिएको छ ।
सर्वोच्चमा हिजो देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै दर्ता भएका चार वटा रिटमाथि सुनुवाइ भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया