विभिन्न मुलुकमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई फर्काउन सरकारसँग माग

काठमाडौं । विभिन्न गन्तव्य मुलुकमा रहेका र सुरक्षित स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले सरकारसँग माग गरेका छन् ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, महिला तथा बालबालिका बेचविखनविरुद्द सहकर्मी समूह नेपाल (एटविन), श्रम रोजगार पत्रकार समूह, वैदेशिक रोजगार पत्रकार समाज, नेशनल नेटवर्क अगेन्स्ट गल्र्स ट्राफिकिङ् तथा ईन्टर जेनेरेशनल फेमिनिष्ट फोरमले एक विज्ञप्ती प्रकाशित गर्दै सरकारलाई यस्तो आग्रह गरेका छन् ।
विज्ञप्तीमा वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकहरूले आर्जन गरी पठाएको विप्रेषण (रेमिटेन्स) ले स्वदेशमा रहेका उनीहरूको घरपरिवारका साथै सिङ्गो नेपालको अर्थतन्त्रमा समेत योगदान पुर्याएको स्मरण गराउँदै श्रमिकलाई भैपरी आउने महामारीको अवस्थामा पनि द्रुत उद्धार गर्नुपर्नेमा नेपाल सरकारले कम चासो दिएको विगतको अनुभवले पनि देखाएको उल्लेख छ ।
यसलाई तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले माग गरेका हुन् । कोभिड-१९ को दोश्रो लहरका बीच विदेशबाट फर्किनेहरुको तत्कालिन व्यवस्थापन कहाँ गर्ने, खर्चको व्यवस्थापन, कानुनी परामर्श, परिवारमा सहज पुनःस्थापना, गोपनीयता र आर्थिक तथा सामाजिक पुर्नएकीकरणमा कसरी जोड्ने भन्ने विषयमा आवश्यक कदम चाल्न पनि सबै सरकारी निकायलाई ति संस्थाहरुले आग्रह गरेका हुन् ।
ति सस्थाहरुले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आप्रवासी श्रमिक तथा परिवारका सदस्यहरूलाई विपद्को घडिमा महामारी रोकथामका लागि उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पालना गरी सहयोग गर्न पनि अनुरोध गरिएको छ ।


प्रतिक्रिया