कोभिड-१९ का कारण आधा दर्जन फाइनान्सहरुमा निष्क्रिय कर्जा बढ्यो

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न भएको असहज परिस्थितीकाकारण आधा दर्जन भन्दा बढी फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा बढेको छ ।
सरकारले कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि जारी गरेको निशेधाज्ञाकारण फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जामा संकुुचन आएकाकारण निष्क्रिय कर्जा बढेको हो ।
निशेधाज्ञाको अवधिमा सबैजसो व्यापार, व्यवसाय, उद्योग धन्दा, कलकारखाना बन्द रहेकाले फाइनान्स कम्पनीहरुले बिगतमा प्रवाह गरेको कर्जावापत पाउनुुपर्ने नियमित व्याज र सावाँ असुुलीमा समस्या भएकारण पनि निष्क्रिय कर्जा बढेको हो ।
सञ्चालनमा रहेका २० वटा फाईनान्स कम्पनीहरु मध्ये आधा दर्जन भन्दा बढीमा कोभिड-१९ कै कारण निष्क्रिय कर्जा बढेको छ भने बाँकी फाईनान्सहरुमा यहीबिचमा पनि निष्क्रिय कर्जाको सामान्यरुपमा कमी आएको छ ।
फाइनान्स कम्पनीहरुको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार प्रोग्रेसिभ फाइनान्स गुुडविल फाइनान्स, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, युनाईटेड फाइनान्स, सिर्जजा फाइनान्स, पोखरा फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्समा निष्क्रिय कर्जा बढेको छ ।
तर कोभिड-१९ कै महामारीको अवधिमा पनि समृद्धि फाइनान्स, जानकी फाईनान्स, गोर्खाज फाइनान्स, मञ्जुुश्री फाइनान्स, रिलायन्स फाइनान्स, मल्टीपर्पोस फिइनान्स, आइसीएफसी फाइनान्स, गुहश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी, ललिपुर फाइनान्स आदिको निष्क्रिय कर्जा भने गत आवको सोही अवधिको तुलनामा घटेको छ ।
चालुु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा समृद्धि फाइनान्सको रहेको छ भने सबैभन्दा कम निष्क्रिय कर्जा गुह्ेश्वरी मर्चेन्टमा रहेको छ ।
समृद्धिमा १६ दसमलव पाँच प्रतिसत कर्जा निष्क्रिय हुुंदा गुहेश्वरी मर्चेन्टमा शुन्य दसमलव २५ प्रतिसत कर्जा निष्क्रिय देखिएको छ । यसबाहेक बेष्ट, जानकी, ललितपुर, गोर्खाज फाइनान्स आदिमा पनि निष्क्रिय कर्जा १४ दसमलव ७३ देखि तीन दशमलव ७५ प्रतिशतसम्म रहेको छ ।
फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा (प्रतिसतमा)
फाईनान्स नाफा चालुु आवको तेस्रो त्रैमास गत आवको तेस्रो त्रैमास
समृद्धि फाइनान्स १६.५ ९९.५
बेष्ट फाइनान्स १४.७३ १३.३०
जानकी फाइनान्स ५.४० ८.२७
लुलितपुर फाइनान्स ४.१३ ५.८२
गोर्खाज फाइनान्स ३.७५ ४.८७
प्रोग्रेसिभ फाइनान्स ३.४७ २.९८
गुडविल फाइनान्स ३.४४ २
सेन्ट्रल फाइनान्स ३.३२ १.७३
युनाईटेड फाइनान्स ३.०१ १.२३
मञ्जुश्री फाइनान्स २.५७ ४.५२
सिर्जना फाइनान्स २.१५ २.११
रिलायन्स फाइनान्स १.८८ २.६३
पोखरा फाइनान्स १.४८ ०.९०
मल्टीपर्पस फाइनान्स १.२३ ४.८८
श्री इन्भेष्टमेन्ट फाइनान्स ०.८६ ०.७०
आईसीएफसी फाइनान्स ०.५१ ०.६०
गुह्ेश्वरी मर्चेन्ट फाइनान्स ०.२५ १.१०
प्रतिक्रिया