स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त
नेपालखोज
२०७८ जेठ १४ गते १४:१४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहेका उनलाई स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले प्रवक्तामा नियुक्त गरेका हुन् ।
यसअघि झन्डै एक वर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका डा. जागेश्वर गौतमलाई केही दिनअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया