चीन, टर्की र कतारका लागि सातामा एक दिन नियमित उडान हुने

नेपालखोज २०७८ जेठ १४ गते १४:२९

काठमाडौं । कोरोना भाइरसको महामारीकाबीच जारी निषेधाज्ञाकै बेला पनि सरकारले तीन वटा देशको हवाई उडान खुला गर्ने भएको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन, टर्की र कतारका लागि सातामा एक दिन नियमित उडान जेठ १८ गतेदेखि खोल्ने निर्णय गरेको बताइएको छ । जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि सरकारले वैशाख २० गतेदेखि आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

प्रतिक्रिया