संसद् विघटनविरुद्ध परेका रिटको सुनुवाइ आइतबारलाई सारियो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइ आइतबारलाई सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै, कानुन व्यवसायीले संवैधानिक इजलासमाथि प्रश्न उठाएका छन् । अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकामा प्रश्न उठाएका छन् ।
न्यायाधीश श्रेष्ठ र कुमार रेग्मीको इजलासले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग हुने फैसला गरेको थियो । यसपटक संसद विघटनविरूद्ध परेका सबै रिटउपरको सुनुवाइ संवैधानिक इजलासमा लगिएको छ । प्रधानन्यायाधीश जबराले आज रिट निवेदकलाई बहस गर्नका लागि १० मिनेटको समय तोकेका छन् ।
वरिष्ठ अधिवक्ताहरुको हकमा भने समय तोकिएको छैन् । प्रतिनिधिसभा पुनस्र्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गर्दै २६ वटा तथा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिन माग गर्दै ४ वटा गरी ३० वटा रिट परेका छन् ।
अन्तरिम आदेश माग गरिएका १९ वटा रिटमा हिजो सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले ती सबैलाई संवैधानिक इजलामै पेश गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया