अभियन्ता उज्ज्वल थापालाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था चिन्ताजनक, सहयोगका लागि अपिल

नेपालखोज २०७८ जेठ १४ गते १४:४८

काठमाडौं । पहिले विवेकशील नेपाली समूहमार्फत युवाहरुलाई संगठित गरि सामाजिक अभियान चलाएका अभियन्ता उज्वल थापाको अवस्था गम्भीर बनेको छ । केही दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका थापाको अवस्था गम्भीर रहेको उनका सहयात्री मिलन पाण्डे जानकारी दिएका छन् ।

पाण्डेले थापाको उपचार ह्याम्स काठमाडौंमा शुरु भै त्यसपछी ग्रान्डी अस्पताल रेफर गरिएको बताउँदै आज (शुक्रवार) उनलाई नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको बताए । पाण्डेले सामाजिक संजालमार्फत यसको जानकारी गराएका हुन् ।

थापाको विवेकशील नेपाली समूह पछि गएर राजनीतिक दलमा परिणत भयो भने समयक्रममा यो दल र रवीन्द्र मिश्रको साझा पार्टीबिच एकता भयो । टुट फुट र जुटको सिलसिला चलि रहदा विवेकशीलको एउटा समूह हाल अलग छ भने अर्को समूह विवेकशील साझा पार्टीमा छ । त्यही विवेकशील नेपालीका संस्थापक थापालाई अहिले उपचारका लागि रकमको समेत अभाव भएको बताउँदै पाण्डेले सहयोगको अपिल समेत गरेका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि भियन्ता थापाको उपचारका लागि सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया