स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न चिकित्सक संघकाे माग
नेपालखोज
२०७८ जेठ १४ गते १५:१८

काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाहीको माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै यो महामारीको विषम अवस्थामा ज्यानको बाजी थापेर सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण निन्दनीय रहेको जनाएको छ ।
कुटपिट र आक्रमणका घटना दिनहुँ बढेको भन्दै महासंघले दोषीलाई कानूनी दायरामा ल्याइ स्वास्थ्यकर्मीको जीवन रक्षाको पहल गरिदिन सरकारसँग माग गरिएको छ।

सम्बन्धित

प्रतिक्रिया