नेपाल प्रमुख पशुपक्षी जन्य पदार्थमा आत्मनिर्भर : प्रधानमन्त्री

नेपालखोज २०७८ जेठ १४ गते १६:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रमुख पशुपक्षी जन्य पदार्थमा आत्मनिर्भर भएका बताएका छन् । साथै उनले तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुयाइएको बताएका छन् ।

साथै देशभित्रै रसायनिक मल कारखाना स्थापना गर्नै प्रक्रिया सरकारले अघि बढाएको उनले दावी गरे । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषक सूचिकरण अभियान सूचिकरण अभियान सुरु भएको बताउँदै देशभित्रै माटोको गुणस्तरको डिजिटल परीक्षण सुरु गरिएको पनि बताए ।

प्रतिक्रिया