बिहीबार, जेठ ३, २०८१

प्रभु सेलेक्ट फन्डको बाँडफाँड सम्पन्न

नेपालखोज २०७८ जेठ १४ गते १६:४६

काठमाडौं । शुक्रबार अर्थात आजबाट प्रभु सेलेक्ट फन्डको बाँडाफाँड सकिएको छ । प्रभु सेलेक्ट फन्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदकमध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड गरिएको हाे ।

न्यूनतम १०० इकाई देखि १० लाख इकाइसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाइहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाइमाथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाइहरु बाँडफाँड गरिएको छ ।

जेष्ठ ५ गते देखि ९ गतेसम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फन्डमा १० करोड इकाइको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा सम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फन्डको आकार १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड रूपैयाँको भएको छ । सो मध्ये सर्वसाधारण लगानीकर्ता लाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ ।

फन्डले १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात १७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड २५ लाख रुपैयाँ वापत १२ लाख ५० हजार रुपैयाँ इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://iporesult.prabhucapital.com/तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाटकेही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया