‘पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खाेजियाे’
नेपालखोज
२०७८ जेठ १४ गते १६:५४

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाएका छन् ।
शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउने काम भएपछि आफ्नो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको उनले बताएका छन् ।
सरकार गठनका सबै विकल्प पूरा भएपछि राष्ट्रपतिले संवैधानिक रूपमै मध्यावधि चुनावको घोषणासहित प्रतिनिधि सभा विघटन गरेकाे प्रधानमन्त्री ओलीकाे दाबी छ ।
सम्बन्धित

प्रतिक्रिया