पर्यटन विभागले भन्यो – हिमाल आरोहणका लागि गएकाहरू अप्ठ्यारोमा परेका छैनन्
नेपालखोज
२०७८ जेठ १४ गते १९:४०

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणका लागि गएका कुनै पनि आरोही, पर्वतीय पथ प्रदर्शक र अन्य सहयोगी अप्ठ्यारोमा नपरेको र उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा आरोहीहरू अप्ठ्यारोमा परेका र तत्काल उद्धार गर्नुपर्ने भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाले शुक्रवार विज्ञप्ति जारी आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

सम्बन्धित

प्रतिक्रिया