भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

नेपालखोज २०७८ जेठ १४ गते २०:४०

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता र अस्पतालमा सुरक्षा व्यवस्था मजुबत गराउने प्रतिबद्धतापछि अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन रोकिएको थियो।

दाङका डिल्ली रावतको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

प्रतिक्रिया