अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए
नेपालखोज
२०७८ जेठ १४ गते २१:२३

अफगानिस्तान । अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् । देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए । घटनामा परी २३ जनाको मृत्यु भएको र अरु ११ जना घाइते भएको पनि उनले जानकारी दिए ।
उनका अनुसार सुरक्षाकर्मीहरुले घटनास्थलबाट लडाकूहरुले प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेका छन् । अफगानिस्तानका धेरै ठाउँमा तालिवान लडाकूहरु लामो समयदेखि हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै आएका छन् ।
बिहीबारको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी नलिएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया