पहिरोका कारण पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध
नेपालखोज
२०७८ जेठ १५ गते ९:३०

पर्वत । पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो ।
निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।
पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको र बाटो खुलाउन तयारी भइरहेको पनि उनले जानकारी दिए । एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् ।
सम्बन्धित

प्रतिक्रिया