गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने मै हुँ : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ती आफु नै भएको दाबी गरेका छन् । आज १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिए ।’ उनले भनेका छन् ।
वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता गौतमले त्यतिबेलाको चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा रहेको पनि बताएका छन् ।
१५ जेठ २०६५ को अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको उनले उल्लेख गरेका छन् । तीन नेतामध्ये कोइरालाबाहेकका दुइजना भने नेपाली राजनीतिमा सक्रिय रहेको उनले बताएका छन् ।
‘यस अवसरमा सवै शहीद श्रद्धान्जली र र अग्रज नेताहरुलाई सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ ।’

प्रतिक्रिया