‘गणतन्त्रले देश कमजोर भयो, राजसंस्थासहितको प्रजातन्त्रवारे पुनर्विचार गरौँ’

नेपालखोज २०७८ जेठ १५ गते ११:१९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता कमजोर भएको बताएका छन् ।

१४ औँ गणतन्त्र दिवशको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको बताएका हुन् ।

‘१३ बर्षअघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतिक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो ।’ उनले लेखेका छन्, ‘त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ ।’

प्रतिक्रिया