प्रधानमन्त्री ओली भन्छन्- सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको छ
नेपालखोज
२०७८ जेठ १५ गते ११:२७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार भएकाले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको बताए ।
उनले भनेका छन्, ‘कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क गरेकाे छैन ।’
ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गरे । गणतन्त्रलाई नागरिकको जीवनसँग जोडेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित रहेका र विकासका चौतर्फी अभियान अघि बढेकाे प्रधानमन्त्री ओलीले दाबी गरे ।
सम्बन्धित

प्रतिक्रिया