राप्रपाको स्थापना दिवसमा कमल थापाले के भने ?

नेपालखोज २०७८ जेठ १५ गते १२:१७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको ३१ औँ स्थापना दिवसका अवसरमा भिडियोमार्फत शुभकामना दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै उनले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र सम्वर्द्धनवादको बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गरौँ’ भनेका छन् । ‘परस्पर सद्भाव, एकता र आत्मियता कायम गरी राप्रपालाई देशको अग्रणी शक्ति बनाऔँ’ अध्यक्ष थापाले अपिल गरेका छन् ।

प्रतिक्रिया