उज्ज्वल थापाले भने- दुर्गा प्रसाईंको सहयोग चाहिँदैन

काठमाडौं । विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाले आफ्नो उपचारमा दुर्गा प्रसाईंको सहयोग नचाहिने बताएका छन् ।
उनका तर्फबाट रवीन्द्र मिश्रले दुर्गा प्रसाईंलाई सद्भावका लागि धन्यवाद ज्ञापन गर्दै सहयोग नचाहिने जानकारी सामाजिक सन्जालमार्फत दिएका हुन् ।
उनले भनेका छन्,‘नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनुभएको तपाईंहरूलाई अवगतै छ । यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ ।’
उनले भनेका छन् ‘चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ ।’
हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २९१ र नेपालमा बैंक खातामा २६ लाख ५० हजार जम्मा भएको मिश्रले जानकारी दिएका छन् ।


प्रतिक्रिया