एमाले नेता भुसालको स्पष्टिकरण ‘मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छुु’

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूले संसदीय मर्यादा उल्लङ्घन गरेकाे स्वीकार गरेका छन् ।
नेकपा एमालेका नेता घनश्याम भुसालले शनिबार सामाजिक सन्जाल फेसबुकमा स्पष्टीकरण लेख्दै आफूले पार्टी पद्धति र संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गरेका हुन् । उनले गणतन्त्र बचाउन, लोकतन्त्र बचाउन यसो गर्नुपरेको प्रष्टीकरणमा लेखेका छन् ।
उनले लेखेका छन् ‘अहिले नेकपा एमालेका केही सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर, हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगें । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’


प्रतिक्रिया