उपेन्द्रले फेरि सोधे अर्का अध्यक्ष ठाकुरसहित ४ नेतालाई स्पष्टिकरण
नेपालखोज
२०७८ जेठ १५ गते १४:४१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण सोधेको छ ।
शनिबार पुनः पत्र पठाउँदै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पुनः स्पष्टीकरण सोधिएको हो । पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरमा जारी स्पष्टीकरण पत्रमा उनीहरुलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन भनिएको छ ।
यसपटक पनि जवाफ नदिए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइएको छ। उनीहरु चारै जनालाई जेठ ११ गते ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको थियो।

सम्बन्धित

प्रतिक्रिया